काठमाडौं । सामान्यतयः गठबन्धन सरकारका कुनै महत्वपूर्ण निर्णय गर्नुपरेमा सम्वन्धित दलबाट नेतृत्व गरेर सरकारमा जाने नेतासँग प्रधानमन्त्रीले आवश्यक समन्वय गर्ने परम्परा हुन्छ । प्रधानमन्त्रीसँग पार्टीका तर्फबाट आवश्यक पहल लिनकै लागि सरकारमा सहभागी सम्वन्धित दलले आफनो तर्फबाट सरकारको नेतृत्व गरेर जाने नेता भनेर तोकेरै पठाएका हुन्छन् ।
अहिले संसदका दुई ठूला दल कांग्रेस एमालेको गठबन्धन सरकार छ । आलोपालो सरकारको नेतृत्व गर्ने गरी समयसिमा तोकेरै यी दुई ठूला दलले सरकार निर्माण गरेको झण्डै बर्ष दिन पुग्न लागेको छ । अहिले प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओली छन् । ओली नेतृत्वको सरकारमा कांग्रेसका तर्फबाट सरकारमा नेतृत्व गर्ने गरी कांग्रेसका शीर्ष नेता, पूर्व महामन्त्री प्रकाशमान सिंह सहभागी छन् । उपप्रधान तथा सहरी विकास मन्त्रालय उनले सम्हालिरहेका छन् ।
तर उनी सरकारमा छन् की छैनन ? भन्ने अवस्था अहिले देखा परेको छ । उनलाई कांग्रेसबाटै सरकारमा सहभागी सभापति शेरवहादुर देउवा पत्नी डा आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकले छायाँमा पारिदिएका छन् । उपप्रधानमन्त्री प्रकाशमान सिंह सरकारमा कांग्रेसका ‘डमी’ नेतृत्व जस्तो मात्रै देखिएका छन् ।
न उनलाई पार्टीका तर्फबाट सरकारमा प्रस्तुत हुने रणनीतिका बारेमा छलफलमा सहभागी गराउँछन्, न प्रधानमन्त्रीले नै कांग्रेसका तर्फबाट सरकारमा नेतृत्व गरेर आएका सिंह हुन् है भनेर महत्वपूर्ण गठबन्धनका छलफलमा बोलाउँछन् । जसकाकारण उनी सरकारमा भएपनि कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गरिरहेका छन् भन्ने विषय नै स्वयम सिंहलाई नै अचेल थाहा नहुने अवस्था बनेको छ ।
सत्ता गठबन्धनका दुइृ दलका नेताहरुको छलफल हुन्छ, उपप्रधानमन्त्री सिंहलाई थाहा हुदैन, कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री वर्खास्तगीमा पर्छन्, सिंहलाइृ थाहा हुँदैन । अहिले सिंह सरकारमा मन्त्री खान, तलव भत्ता खानका लागि मात्र कांग्रेसले सरकारमा पठाएको जस्तो देखिएको छ ।
राजनीति गर्नेहरुका लागि नीतिगत निर्णयमा पनि आफनो प्रभावकारी हस्तक्षेप होस् भन्ने हुन्छ । तर सिंहका हकमा त्यस्तो देखिदैन । उनी सरकारभित्रै जोक्करफाल्तु जस्तो मात्र बन्न पुगेका छन् । उनलाई त्यस्तो बनाउनेमा स्वयम उनको पार्टी कांग्रेस सभापति शेरवहादुर देउवा र प्रधानमन्त्री केपी ओली जिम्मेवार देखिएका छन् । अर्काेतिर उनी आफैले पनि त्यस अनुसारको भूमिका नखोजेको देखिएको छ ।
कांग्रेसभित्रै ओली नेतृत्वको सरकारलाई काँध थापिरहनु ठिक की वेठिक भन्ने तीव्र वहस चलिरहेका बेला कांग्रेस सभापति शेरवहादुर देउवाले शनिबार राती प्रधानमन्त्री ओलीसँग लामै छलफल गरे । त्यहाँ ओलीले आफनो तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई सहभागी गराए । तर देउवाले उपप्रधानमन्त्री सिंहलाई ओलीसँगको भेटका बारेमा सुइको सम्म दिएनन । उनले गृहमन्त्री रमेश लेखकलाई साथ लिएर छलफलमा बसे ।
त्यक्तिमात्रै होइन, ओली वैंककमा रहेकै बेला प्रधानमन्त्री ओलीले कांग्रेसका तर्फबट सरकारमा सहभागी उर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई बर्खास्ती गरे । उपप्रधानमन्त्री सिंहले तयसको पनि छनक पाएनन । प्रधानमन्त्रीले रमेश लेखकसँग छलफल गरेर मन्त्री तामाङलाई बर्खास्तगी गरिदिए ।
सरकारका मन्त्रीहरुको बरियतामा ओली पछि दोस्रो वरियतामा सिंह छन् । गत साउनमा ओली संयुक्त राष्टसंघको महासभामा भाग लिन जाँदा नेपालमा अझ काठमाडौंमा नै बाढीले वितण्डा मच्चायो । सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका थिए ।
उनले क्याबिनेट बैठक राखेर राहात र पर्नूस्थापनाका लागि केही कदम चाल्न पनि खोजे । तर ओलीले मुख्यसचिवलाइृ जिल्ला तिर पठाएर उनको अध्यक्षतामा मनित्रपरिषद्को बैठक बस्ने वातावरण खल्बलाईदिए । नियोजित रुपमा उनको नेतृत्वमा बैठक बस्न नदिएका ओलीले अहिले पनि उनलाई किनारामा राखिरहन् रमेश लेखक र डा आरजु राणा देउवालाई अगाडी सारेर सिंहलाई किनारा लगाईरहेका छन् ।
झटट हेर्दा उनी उपप्रधानसहितको सहरी विकास मन्त्रालयको मन्त्री त छन्, कांग्रेसबाट सरकारमा नेतृत्व गरेर गएका पनि छन्, तर सारमा उनी डमी नेतृत्व मात्र बनेको अहिले कांग्रेसभित्र चर्चा चल्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ बैशाख २०८२, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री सिंह
सरकारले नेपाललाई प्रगतिको मार्गमा अघि बढाइरहेको छ : उपप्रधानमन्त्री सिंह
बागमती सभ्यतालाई कायम राख्न भइरहेका कामकारबाहीप्रति शहरी विकास मन्त्रीले जनाए असन्तुष्टि
प्रकाशमान सिंह कार्यवाहक प्रधानमन्त्री
नयाँ बजेट नागरिकले महसुस गर्ने विकासको खाकासहित आउँछ : उपप्रधानमन्त्री सिंह
मैले नेतृत्व गरेँ भने काँग्रेसलाई संस्थागत र मजबुत बनाउँछु : प्रकाशमान सिंह