खानेपानी मन्त्री यादव माथी छानबिन माग गदै इन्जिनियरले दर्ता गराए उजुरी

आफ्ना मान्छेलाई ‘७ करोडको ठेक्का नदिँदा’ ३६ दिनमै जिम्मेवारी खोसिएको आरोप

सफल खबर संवाददाता

बुधबार, १७ बैशाख २०८२, ०८ : ३९
खानेपानी मन्त्री यादव माथी छानबिन माग गदै इन्जिनियरले दर्ता गराए उजुरी

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवमाथी भष्ट्राचारको मुद्दामा उच्चस्तरीय संसदीय छानबिन माग गदै एक जना इन्जिनियरले मुख्यसचिव देखि निजामती कर्मचारीका विभिन्न संघ⁄संगठनमा उजुरी दर्ता गराएका छन् ।

मन्त्रीले आफना मान्छेलाई डिप बोरिङका लागि ७ करोडको ठेक्का नदिँदा आफुलाई ३६ दिनमै आयोजना प्रमुखबाट हटाइएको भन्द्र छानबिन माग गरेका हुन् ।

साहले निवेदनमा भनेका छन्, “मलाई डिप बोरिङ सम्बन्धी अनुमानित ७ करोडको काम मन्त्रीज्यूको मान्छे पर्सा निवासी एजाज बाबु राँठीलाई उपभोक्ता समितिमार्फत दिन मन्त्रीका निजी भक्तराज जोशीले दबाब दिए । मैले अनियमितता गर्न नमानेपछि मलाई सरुवा गराइयो ।” उनले मन्त्रालयको यो कदम अनुचित भएको भन्दै छानबिन टोली गठन गरी सत्य तथ्य पत्ता लगाउन र आफूलाई सोही जिम्मेवारीमा पुनर्बहाली गर्न माग गरेका छन् ।

यसरी मन्त्रीमाथी उच्चस्तरीय संसदीय छानबिन समिति माग गर्ने कर्मचारी हुन्–इन्जििनियर दीपेन्द्र कुमार साह । खानेपानी मन्त्रालयले २०८१ फागुन १८ गते इन्जिनियर साहलाई संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरमा निमित्त आयोजना प्रमुख बनाई पठाएको थियो ।

उनको सरुवा त्यसबेलै प्रश्न उठेको थियो । सहसचिवको दरबन्दी रहेको आयोजनामा दुई तह मुनीका इन्जिनियरलाई निमित्त आयोजना प्रमुख बनाई पठाएको विषयमा ठुलै आशंका मात्रै गरिएको थिएन, कार्यालयमा तालाबन्दीदेखि प्रहरी प्रशासनसम्म नै गुहार्नुपर्ने अवस्था सिर्जना भएको थियो । तर यही बीच मन्त्रालयको सचिवस्तरीय निर्णयबाट उनलाई २०८१ चैत्र २८ गते खानेपानी तथा ढल निकास विभागमा सरुवा गरिएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरमा निमित्त प्रमुख बनाएर मन्त्रीले उनलाई लैजाँदा नै आर्थिक चलखेल भएको अनुमान लगाईएको थियो । मन्त्रीसँग आर्थिक हिसाव नमिलेपछि पछि विवाद उत्पन्न भएको बताइन्छ । मन्त्रीले आफना मान्छेलाई ठेक्का दिन आग्रह गर्दा उनले ठेक्का नदिएपछि आफुलाई सरुवा गराइएको आरोप इन्जिनियर साहको छ ।

डिप बोरिङ सम्बन्धी अनुमानित ७ करोडको काम मन्त्रीका मान्छे पर्सा निवासी एजाज बाबु राँठीलाई उपभोक्ता समितिमार्फत दिन नमानेपछि आफूलाई सरुवा गरेको इन्जिनियर साहको दाबी छ । तर आयोजनाका कर्मचारीहरु भने मन्त्री र उनी स्वयंमको पनि आर्थिक लेनदेन नमिलेपछि आफैले ल्याएको मान्छेलाई मन्त्रीले पनि हटाएको आशंका गरिएको बताउाछन् ।

उनले आफुलाई मन्त्रीले हटाएपछि भने मुख्यसचिवलाई सुरुमा उजुरी दर्ता गराएका थिए । मुख्यसचिवले उनको उजुरीको सुनुवाई नगरेपछि अहिले कर्मचारीका संघ⁄संगठन गुहारेका आरोप साहमाथी छ । साहले बैशाख १६ गते निजामित क्षेत्रका सबै संघ⁄संगठनमा मन्त्री यादवमाथी छानबिनको माग गरी उजुरी दर्ता गराएका छन् ।

साहले आफुलाई  मन्त्रालयका सहसचिव राम बाबु पूरीले कुर्सी र आवास खाली गर्न अमानवीय दबाब दिएको आरोप पनि लगाएका छन् ।

साहले निवेदनमा भनेका छन्, “मलाई डिप बोरिङ सम्बन्धी अनुमानित ७ करोडको काम मन्त्रीज्यूको मान्छे पर्सा निवासी एजाज बाबु राँठीलाई उपभोक्ता समितिमार्फत दिन मन्त्रीका निजी भक्तराज जोशीले दबाब दिए । मैले अनियमितता गर्न नमानेपछि मलाई सरुवा गराइयो ।” उनले मन्त्रालयको यो कदम अनुचित भएको भन्दै छानबिन टोली गठन गरी सत्य तथ्य पत्ता लगाउन र आफूलाई सोही जिम्मेवारीमा पुनर्बहाली गर्न माग गरेका छन् ।

मन्त्रीमाथी भने संसदीय उच्चस्तरीय छानबिन समिति बनाई दोषी देखिए कारबाही माग गरेका छन् । मन्त्रीमाथी छानबिन माग गर्ने यी इन्जिनियर तिनै ब्यक्ति हुन् जसले धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासका छोरा रामभजन दासबाट कुटाई समेत खाएका थिए ।

नगरपालिकामाकुटाई खाएपछि उनी निमिक्त आयोजना प्रमुख हुन पुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस