काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज (बुधबार) पार्टी एकताको घोषणा हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे पार्टी एकताको घोषणा गरिने बताइएको छ ।
जनमत र नागरिक उन्मुक्ति पार्टी एकीकरण पछि पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ रहनेछ । जसको संरक्षकमा उन्मुक्ति पार्टीका रेशम चौधरी रहने छन् भने जनमतका सीके राउत अध्यक्ष र नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ सहअध्यक्ष रहने सहमति भएको छ । एकता पछिको नयाँ पार्टीको चुनाव चिह्न ढकिया हुनेछ ।
सहमति अनुसार मर्यादाक्रममा क्रमशः चौधरी, राउत र श्रेष्ठ रहनेछन् भने २५ सदस्यीय केन्द्रीय पदाधिकारी, ५१ सदस्यीय केन्द्रीय कार्यसमिति र दुवैतर्फबाट ३५०/३५० गरी कम्तिमा ७ सय केन्द्रीय सदस्य रहने छन् ।
एकीकरण पछि प्रतिनिधिसभामा एकीकृत पार्टीमा जनमतका ६ र नागरिक उन्मुक्ति पार्टीका चार गरी १० सांसद हुने छन् ।
दुई पार्टीको एकतापछि मधेश र थरुहट क्षेत्रमा बलियो शक्ति बन्ने नेताहरूको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ बैशाख २०८२, ०६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतले सोध्यो मधेशका मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण
जनमतका ६ केन्द्रीय नेताद्वारा पार्टी परित्याग गरेको घोषणा
रूपन्देही-३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय
संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा जनमत सहभागी नहुने
७ दिने स्पष्टीकरणसहित जनमतले दुई नेतामाथि अघि बढायो अनुशासनको कारवाही
पहिचानवादी शक्ति एक ठाउँमा आउन नदिन रेशमलाई पक्राउ गरियो : जनमत