काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमालेसँग भएको सहमति अनुसार चल्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । उद्योग व्यापार विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सरकारमा बस्नको लागि सरकार बनाएर नहुने बताए ।
उनले भने, ‘अहिलेजस्तो काम गरेर हामीलाई अब हुँदैन । अब सरकारले हात हालिरहेका थुप्रै ठाउँहरूमा राम्रो परिणाम आएको छैन । त्यहाँ हात हाल्न छाडिदिए हुन्छ । काँग्रेस अहिले एमालेसँग मिलेर सरकारमा छौँ । हामी तलमाथि गर्दैनौँ । तर यो समयको हामी प्रयोग गर्न चाहन्छौँ । सरकार भएपछि सरकारमा बस्नको लागि मात्रै बनाएर हुँदैन । सरकारले काम गर्नुपर्छ । परिणाम दिनुपर्छ, रिजल्ट चाहिन्छ । हामी त्यो रिजल्टमा काम गर्न चाहन्छौँ ।’
उनले सरकारले नागरिकमा देखिएको बेचैनीलाई सम्बोधन गर्ने गरी काम गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ बैशाख २०८२, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो : सभापति थापा
सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
निर्वाचन भन्दा सर्वसम्मतिलाई प्राथमिकता दिएका कारण ढिलाइ भयोः गगन थापा
‘सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो’ : गगन थापा
'लोकतन्त्रको विकल्प, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो' : गगन थापा