संघीयतासँगै थपिए विशिष्ट व्यक्ति : सुरक्षाकर्मी तेब्बर बढी खटाउनुपर्ने

पत्रपत्रिकाबाट

बुधबार, २८ कार्तिक २०७५, ०८ : १४
संघीयतासँगै थपिए विशिष्ट व्यक्ति : सुरक्षाकर्मी तेब्बर बढी खटाउनुपर्ने

काठमाडौं । सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षा निर्देशिका परिमार्जन गर्न लागेको छ । 

गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरुको सुरक्षा निर्देशिका २०७० परिमार्जन गरी नयाँ सुरक्षा निर्देशिका ल्याउन मन्त्रिपरिषदमा प्रस्ताव गरेको छ । 

मन्त्रिपरिषदबाट विशिष्ट व्यक्तिहरुको सुरक्षासम्बन्धी परिमार्जित निर्देशिका पारित भएपछि त्यस्तो सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या पनि तेब्बर बढ्नेछ । 

यसबाट सरकारलाई अतिरिक्त आर्थिक भार पर्न जानेछ । 

अहिले विशिष्ट र अति विशिष्ट व्यक्तिहरुको सुरक्षामा करिब दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालित छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस