तीन किलोमिटर घस्रिँदै घाट पुगे विराटनगरका मेयर

पत्रपत्रिकाबाट

बुधबार, २८ कार्तिक २०७५, ०७ : ४४
तीन किलोमिटर घस्रिँदै घाट पुगे विराटनगरका मेयर

छठको ब्रतका क्रममा ढोग गर्दै विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली । तस्विर :गोपालप्रसाद पोखरेल, पथरी(मोरङ), रासस

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली तीन किलोमिटर घस्रिँदै घाट पुगेर छठपुजा गरेका छन् । उनी विराटनगरको समृद्धि र शान्तिका लागि घिस्रिएर साष्टांग दण्डवत गर्दै शिव पञ्चायत मन्दिरबाट परोपकार घाट पुगे । 

मेयर पराजुलीले मंगलबार दिउँसो साढे १२ बजे दण्डवत यात्रा आरम्भ गरेका थिए। उनलाई तीन किमि यात्रा गर्न साढे तीन घन्टा लागेको थियो । 
उनीसँगै भतिजाहरु प्रमिस र मनीष पनि घस्रिएरै घाट पुगेका थिए ।  पराजुली पहेँलो वस्त्र लगाएका थिए । 

परोपकार घाटमा सपरिवार नदीमा पसेर अस्ताउँदो सुर्यलाई अर्घ दिए । उनी अघिल्लो बर्ष पनि घस्रिएर छठ पुजाका लागि घाट गएका थिए ।, आजकोनयाँ पत्रिकामा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस