बुटवल । लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रम प्रदेशका मन्त्री र सांसदहरूले बहिष्कार गरेका छन् ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र पूर्वमन्त्री एवम् प्रदेश सांसद चन्द्रकेश गुप्ताले लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र सेमिनारको उद्घाटन कार्यक्रम बहिष्कार गरेका हुन् ।
यो कार्यक्रमको उद्घाटनमा प्रधानमन्त्री ओली पनि सहभागी भएका थिए । कार्यक्रममा आफूहरुलाई बस्ने व्यवस्थासमेत नगरी अपमानजनक व्यवहार भएकाले भन्दै मन्त्री ढकाल र आफूले कार्यक्रम बहिष्कार गरेको सांसद गुप्ताले बताए ।
कार्यक्रम बहिष्कार गरेका गुप्ता लुम्बिनीकै स्थानीय बासिन्दा हुन । वैशाख १३ र १४ गते हुने यो कार्यक्रम नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि आयोजना गरिएको हो । कार्यक्रमका लागि चीनको वर्ल्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीले सहकार्य गरेका छन् । संस्कृति तथा पर्यटन मन्त्रालय, लुम्बिनी विकास कोषले सहकार्य गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ बैशाख २०८२, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ
लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा
लुम्बिनी प्रदेश सभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी