काठमाडौँ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २० करोड बराबरको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागकाअनुसार २० करोड २८ लाख ७८ हजार रुपैयाँ बराबरको ४८५ किलो यार्सागुम्बा निर्यात भएको छ । कम्बोडिया,चीन जापान मलेसिया थाइल्यान्ड हङ्कङ लगायतका १० मुलुकमा निर्यात भएको विभागले जनाएको छ ।
फागुनसम्ममा २० करोड ७ लाख ५३ हजार रुपैयाँको ४८१ किलो यार्सागुम्बा निर्यात भएको थियो । यसअनुसार चैतमा जम्मा २१ लाख रुपैयाँको ४ किलो यार्सागुम्बा निर्यात भएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ बैशाख २०८२, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला
१० महिनामा २१ करोड रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात
३३४ किलो यार्सागुम्बा निर्यात हुँदा भित्रियो साढे १२ करोड
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी