मधुमेहले दृष्टि गुम्ला है !

पत्रपत्रिकाबाट

बुधबार, २८ कार्तिक २०७५, ०७ : ३३
मधुमेहले दृष्टि गुम्ला है !

काडठमाडौं  ।  विश्वभर मधुमेह रोगीको संख्या बढिरहेको सन्दर्भमा नेपालमा पनि विगत दश बर्षयता मधुमेह रोगीको संख्या तीव्र रुपमा बढिरहेको छ । 

मधुमेह रोगलाई समयमै नियन्त्रण नगरेमा मिर्गौला, खुट्टामा हानि पुर्याउँछ भने कलिलै उमेरमा आँखाको ज्योती गुम्ने पनि हुन सक्छ । 
यसैले आँखा रोग विशेषज्ञहरुले मधुमेहका रोगीलाई समयमै सचेत हुन आग्रह गरेका छन् । 

मंगलबार विश्व मधुमेह दिवसको अवसरमा आयोजित कार्यक्रममा तिलगंगा अस्पतालले मधुमेह रोगीलाई बेलैमा आफ्नो आँखाको परीक्षण गर्न सुझाएका छन् । 

चिकित्सकका अनुसार मधुमेह बढेमा आँखाको दृष्टि पर्दाको नसामा असर गर्छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस