काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको निष्ठा, त्याग र जीवनशैलीबाट हामी सबैले सिक्नुपर्ने बताएकी छन् । साथै उनले नेता अधिकारी राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुहुन्थ्यो भनेकी छन् ।
छब्बिसौँ मनमोहन स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सच्चा साम्यवादीका रूपमा नेता अधिकारीले अवलम्बन गर्नुभएको मार्गलाई हामी सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिइन् ।
प्रधानमन्त्री अधिकारीको कार्यकालमा देशको विकास तल्लो तहको विकासबाट मात्र सम्भव हुने वास्तविकतालाई मनन गरी ‘आफ्नो गाउँ आफै बनाउँ’ अवधारणा अघि सारेर उहाँले राष्ट्रलाई केन्द्रमा राखेर काम गरेको पूर्व राष्ट्रपति भण्डारीले बताइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ बैशाख २०८२, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराष्ट्रपति भण्डारीद्वारा एमालेका जनसंगठनका नेताहरूसँग परामर्श
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो: पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति भण्डारीद्वारा क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन
पूर्वराष्ट्रपति भण्डारीले गरिन् जलेर नष्ट भएको संघीय संसद भवनको अवलोकन
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता
सञ्चार मन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता