काठमाडौं । ७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
आज छैठौं अधिवेशनको पहिलो दिन हो । अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्ने तय भएको थियो । निर्धारित समयमै सुरु भएको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाए ।
त्यसपछि सभाध्यक्ष दाहालले पञ्चायत र प्रतिनिधि सभाका पूर्व सदस्य, पूर्व मन्त्री र हालको प्रतिनिधि सभा सदस्य दिपक बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गरे । बोहराको निधनमा शोक प्रकट गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच भेटवार्ता
राष्ट्रिय सभाको रिक्त पदमा को पुग्लान् ?
राष्ट्रिय सभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने काँग्रेसको निर्णय
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण कार्यक्रम फागुन २५ गते तय
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण, निर्माणलाई तीव्रता दिन निर्देशन