काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल भट्टरले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार भएको भेटमा दुई छिमेकी मुलुकबिचको मित्रवत र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र सहकार्यका विविध पक्षमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पछिल्ला दिनमा दुई देशबिचको ऊर्जा क्षेत्रमा राम्रो सहकार्य विकास हुँदै गएको विषयमा उनीहरुबिच छलफल भएको बताइएको छ । भारतीय मन्त्री भट्टरले अरुण–३ जलविद्युत आयोजना क्षेत्रमा स्थलगत भ्रमण गरी प्रगतिबारे जानकारी लिएको अवगत गराएका थिए । उक्त आयोजनालाई थप गति दिने भारतीय मन्त्री भट्टरले बताए ।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तव, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० बैशाख २०८२, १६ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले उद्घाटन गरे अनेरास्ववियुको महाधिवेशन
पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छः प्रधानमन्त्री ओली
प्रधानमन्त्रीद्वारा जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन
पर्वतारोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील छ: प्रधानमन्त्री ओली