वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंक फेडरल रिजर्भका हाकिम जेरोम पावेललाई बर्खास्त गर्ने आफ्नो कुनै आशय नभएको बताएका छन् । अर्थतन्त्र सुस्ताइरहेको समयमा ब्याजदर कटौती गर्न आफूले गरेको अनुरोधलाई वेवास्ता गरेको भन्दै पावेललाई बारम्बार गाली गरेका ट्रम्पले अब आएर यस्तो अभिव्यक्ति दिएका हुन् ।
तर ब्याजदर कटौतीको मामिलामा पावेल अलि बढी चनाखो रहुन् भन्ने आफ्नो चाहना भएको चाँहि मंगलबार ओभल हाउसमा बोल्ने क्रममा उनले बताए ।
यसै क्रममा चीनसँगको व्यापार सम्बन्धमा सुधार हुनेमा आफू आशावादी रहने उनले बताए । गएको हप्ता ट्रम्पले ‘ठुलो हरुवा’ भन्दै पावेललाई गाली गरेका थिए । यसको असरले अमेरिकी शेयर बजारमा पहिरो गएको थियो भने डलरको भाउ कमजोर बनेको थियो ।
तर पछिल्लो समय शेयर बजारमा केही सुधार आइसकेको छ । ट्रम्पले पावेललाई गाली गरेपछि उनलाई बर्खास्त गर्ने आशंका बढेको थियो । ट्रम्पले पावेललाई २०१७ मा नियुक्त गरेका थिए ।
तत्कालीन राष्ट्रपति जो बाइडेनले २०२१ को अन्त्यमा उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेका थिए । यस वर्षको अहिलेसम्मको अवधिमा पावेलले ब्याजदर घटाएका छैनन् । अघिल्लो वर्ष भने ब्याजदर एक प्रतिशत अंकले घटाइएको थियो ।
तर ट्रम्पले ब्याजदर कटौतीको निकै आलोचना गरेका थिए । ट्रम्पसँग पावेललाई बर्खास्त गर्न सक्ने ताकत छ कि छैन स्पष्ट छैन । अहिलेसम्म कुनै पनि अमेरिकी राष्ट्रपतिले यस्तो गर्ने प्रयास गरेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० बैशाख २०८२, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’ : डोनाल्ड ट्रम्प
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
ट्रम्पको निर्देशन: इरानसँग हतारमा सम्झौता नगर्नू
इरान युद्धमा २९ अर्ब डलर खर्च भएको अमेरिकी रक्षा मन्त्रालयको दाबी
‘सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ’ : डोनाल्ड ट्रम्प
युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन : डोनाल्ड ट्रम्प