एजेन्सी । अमेरिकी अर्बपति व्यापारी तथा ओरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी एलन मस्कको कार कम्पनी टेस्लाको मुनाफामा झन्डै ७० प्रतिशतले गिरावट आएको छ । मुनाफामा आएको गिरावटसँगै मस्कले ट्रम्प प्रशासनको सरकारी कार्यदक्षता विभाग (डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी–डीओजीई)बाट अलग हुने संकेत दिएका छन् ।
टेस्ला प्रमुख मस्कले कम्पनीको चालु वर्षको सुरुआती त्रैमासिक मुनाफा र आम्दानीमा अत्याधिक गिरावट आएका कारण ट्रम्प प्रशासनमा आफ्नो भूमिका कम गर्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।
नयाँ ह्वाइट हाउस प्रशासनमा मस्कको संलग्नतापछि उनीप्रति जनताको आक्रोस बढेका कारण टेस्ला कारको बिक्रीमा भारी गिरावट आएको बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ प्रशासनमा मस्कले निभाएको भूमिकाको देश/विदेश विरोधमा बढ्दै गएको छ ।
मंगलबार प्रकाशित प्रतिवेदनअनुसार सन् २०२५ को पहिलो तीन महिनामा टेस्लाको स्वचालित गाडीबाट हुने आय गतवर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले झरेको छ । मुनाफा भने ७० प्रतिशतभन्दा बढीले घटेको छ ।
कम्पनीले लगानीकर्तालाई जनताको परिवर्तित राजनीतिक सेन्टिमेन्टका कारण कारहरूको मागमा ठूलो असर गर्नसक्ने हुनाले यो आर्थिक पीडा जारी रहनसक्ने बताएको समाचारमा उल्लेख छ ।
मस्क ट्रम्पको सरकारी कार्यक्षमता विभाग (डीओजीई)को पहलकदमी गर्ने अगुवा हुन् जसको उद्देश्य संघीय खर्च घटाउने र सरकारी कर्मचारी संख्या कम गर्ने हो । उनको यो राजनीतिक संलग्नताका कारण विश्वभर टेस्लाविरुद्ध प्रदर्शन र बहिष्कारको लहर चलिरहेको छ ।
मस्कले ट्रम्पको निर्वाचन अभियानमा २५ करोड डलरभन्दा बढी रकम योगदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १० बैशाख २०८२, ०९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोनाल्ड ट्रम्पले ‘युद्धपछिको गाजाका लागि व्यापक योजना’ बारे ह्वाइट हाउसमा ‘ठूलो बैठक’ गर्ने
ट्रम्पको कठोर नीतिले अमेरिकामा घट्यो आप्रवासी जनसंख्या, अर्थतन्त्रमा असर पर्ने
अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित
इरानले बहादुरीका साथ लड्योः डोनाल्ड ट्रम्प
ट्रम्पको यात्रा प्रतिबन्ध, १२ देशका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक
ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध