काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका कम्युनिस्ट पार्टीहरू एकता गर्ने कुराबाट आफू नथाकेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।
‘पार्टी एकताको प्रस्ताव अघि सारेँ । तर, अवसरवाद र व्यक्तिवादका कारण त्यो सफल हुन सकेन,’ प्रचण्डले भनेका छन्, ‘तर, हामी त्यसबाट थाकेका छैनौं । आत्तिएका पनि छैनौं । कम्युनिस्ट आन्दोलनको एकता छाडेका पनि छैनौं । छाड्दा पनि छाड्दैनौं ।’
प्रचण्डले सच्चा कम्युनिस्टलाई एक बनाउने जिम्मेवारी आफूहरूकै काँधमा रहेको जिकिर गरे । ‘सच्चा कम्युनिस्टलाई एकताबद्ध गर्ने जिम्मेवारी हाम्रै काँधमा छ । यो ऐतिहासिक सच्चाइ र तथ्यको कुरा हो,’ प्रचण्डले भने, ‘प्रतिक्रियावादीहरूले त माओवादी सिध्धिए भनेर घोषणा गर्छन् तर माओवादी सधैं उठ्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ बैशाख २०८२, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विवेक पुर्याएरै सत्तारुढ दलसँग समझदारी गरेका हौं : प्रचण्ड
प्रचण्ड र पूर्णबहादुरबीच छलफल जारी
भूकम्प प्रभावितको पुनर्स्थापना गर्न सरकारलाई आग्रह गर्छु : प्रचण्ड
प्रचण्ड र देउवाबिच टेलिफोन कुराकानी
प्रचण्ड र सुदूरपश्चिम संसदीय दलका नेताहरूबिचको छलफल स्थगित
छिट्टै ठूलो आन्दोलन हुँदै छ, तयार रहनूः प्रचण्ड