यी हुन् सत्य निरूपण र बेपत्ता छानबिन आयोगका पदाधिकारीका लागि आवेदन दिने १११ जना

सफल खबर संवाददाता

मंगलबार, ०९ बैशाख २०८२, १२ : ५०
यी हुन् सत्य निरूपण र बेपत्ता छानबिन आयोगका पदाधिकारीका लागि आवेदन दिने १११ जना

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीका लागि १११ जनाको नाममा आवेदन परेको छ । व्यक्तिगत रूपमा ८२ जना र संस्थागत रूपमा २९ जनाको नामबाट सिफारिस समितिसमक्ष आवेदन परेको हो ।

कानुन मन्त्रालय मातहतको नाम सिफारिस समितिको सचिवालयले वैशाख ८ गतेको निर्णयबाट आयोगका अध्यक्ष र सदस्य पदका लागि परेका आवेदनको आधारमा नामावली सार्वजनिक गरेको हो । संक्रमणकालीन न्यायसँग सम्बन्धित अयोग २०७९ साउनदेखि नै पदाधिकारीविहीन छन् । यसअघि दुवै आयोगमा नियुक्तिका लागि सरकारले ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समिति बनाएको थियो ।

तर उक्त समितिले राजनीतिक सहमति नजुटेको भन्दै नाम सिफारिस नै नगरी समय गुजारेको थियो । त्यसपछि सरकारले पुनः मिश्र संयोजकत्वको सिफारिस समितिलाई नै नाम सिफारिस गर्न जिम्मा दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस