काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा ४७ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । साउनदेखि चैतसम्मको अवधिमा ४७ अर्ब ८५ करोड ७० लाख ९१ हजार रुपैयाँको खाद्यान्न आयात भएको भन्सार विभागले जनाएको छ ।
सो समयावधिमा ६ करोड १७ लाख ३१ हजार रुपैयाँको खाद्यान्न निर्यात पनि भएको छ । खाद्यान्नमा नेपालले ४७ अर्ब ७९ करोड ५३ लाख ६० हजार रुपैयाँकै व्यापार घाटा बेहोरेको विभागको तथ्यांक छ ।
सो अवधिमा सरकारले खाद्यान्न आयात गर्दा ४ अर्ब २९ करोड १७ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालमा भारत, चीन, अमेरिका लगायत विभिन्न मुलुकबाट धान, चामल, गहुँ, मकै आयात हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ बैशाख २०८२, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सात महिनामा कहाँबाट कति भित्रियो खाद्यान्न ?
अमेरिकामा रोजगार गुमाएका नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने
विश्व खाद्य मूल्यमा गिरावट : एफएओ
कर्णालीमा दश हजार क्वीन्टल भन्दा बढी सहुलियतको खाद्यान्न बिक्री
काभ्रेको बाढी पिडित गाउँमा ड्रोनमार्फत खाद्यान्न ढुवानी
सडक अवरुद्ध भएका बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै