गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास

रासस

सोमबार, ०८ बैशाख २०८२, १० : ४१
गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा र विश्व स्वास्थ्य संगठन, ‘द प्याण्डामिक फण्ड’को आर्थिक प्राविधिक सहयोगमा पोखरामा सञ्चालित अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकाससम्बन्धी दुई दिने कार्यशाला सम्पन्न भएको छ ।

कार्यशाला गण्डकी प्रदेशअन्तर्गतका १२ स्याटेलाइट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीको सहभागिता रहेको थियो ।  ती अस्पतालमा बुर्तिबाङ अस्पताल, बागलुङ,  प्रादेशिक अस्पताल मुस्ताङ जोमसोम, दमौली अस्पताल, तनहुँ, प्रदेश अस्पताल पुतली बजार, स्याङ्जा, लमजुङ जिल्ला अस्पताल, लमजुङ,प्रादेशिक अस्पताल बेनी, प्रादेशिक अस्पताल चामे मनाङ,  प्रदेश अस्पताल कुस्मा, पर्वत,आम पिपल अस्पताल, गोरखा, मध्यविन्दु प्रादेशिक अस्पताल नवलपुर,  मातृ शिशु मितेरी प्रादेशिक अस्पताल कास्की,प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल कास्की रहेका थिए ।