काठमाडौँ । नेपालमा राजसस्था पूर्नस्थापना र हिन्दु राज्य निर्माणको लागि आन्दोलन थालेको राप्रपाका महामन्त्री धवलशम्शेर राणा २४ दिन प्रहरी हिरासतमा बसेर आइतबार साँझ रिहा भएका छन् ।
उनलाई गत चैत १५ गते काठमाडौंको तिनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक अराजकतामा उक्साएको आरोपमा प्रहरीले सोही राती पक्राउ गरेको थियो ।
उक्त घटनामा दुई जनाको ज्यान गएको थियो भने कयौं घाइते भएका थिए । केही घर जले भने लुटपाटसम्मका घटना भएका थिए । यही घटनामा राप्रपाका महामन्त्री समेत रहेका धवलशम्शेर जवरा र उपाध्यक्ष रविन्द्य्र मिश्र लगायतका नेता समेत पुगेर आन्दोलनकारीलाई उक्साउने काम गरेका थिए ।
प्रहरीले खोजेको बेला उपस्थित हुने शर्तमा राणालाई आइतबार बेलुकी हिरासतमुक्त गरेको थियो । बाँकेबाट प्रतिनिधीसभामा प्रतिनिधित्व समेत गरेका राणा हिरासतमुक्त भए लगत्तै भारत जाने तयारीमा लागेका छन् ।
भारतको उत्तरप्रदेश सरकारका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालमा राजासहितको हिन्दुराज्यको वकालत गरिरहेको र नेपालको अस्थिर राजनीतिमा जहिल्यै मौकाको फाइदा उठाउन लागि पर्ने भारतको रवैया रहिरहेका बेला नेपालमा राजावादीहरुको आन्दोलनमा भारतको भूमिका के ? भन्ने प्रश्न उठिरहेको छ ।
यही बेला राजावादी आन्दोलनका एक नेता धवलशम्शेर प्रहरी हिरासतबाट मुक्त भए लगत्तै भारत जाने तयारीमा लागेका हुन् । उनको भ्रमणलाई विशुद्द स्वास्थ्य उपचारका लागि हुन लागेको राप्रपाका नेताहरुको भनाई छ ।
उनी क्यान्सरबाट पिडित रहेको र त्यसैको उपचार विगतमा पनि उतै भएको र फलोअपका लागि जान लागेको राप्रपाका नेता जनकराज पाठकले जानकारी दिएका छन् । उनलाई उपचारकै लागि प्रहरीले खोजेको बेला उपस्थित हुने गरी रिहा गरिदिएको पनि बताइएको छ ।
राणाले मुम्बईमा क्यान्सरको उपचार गराइरहेका थिए । त्यसैको फलोअपका लागि केही दिनमै त्यसतर्फ फलोअप उपचारमा जान लागेको नेता जनकराज पाठकले जानकारी दिए । उनको केही महिनाअघि गिजाको क्यान्सरको उपचार भएको थियो भने त्यसको फलोअप निरन्तर गराइरहेका छन् ।
उनको फलोअपका लागि डाक्टरहरुले वैशाख १५ गतेको समय दिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ बैशाख २०८२, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जीएसआई प्रस्तावबारे राप्रपाले माग्यो प्रधानमन्त्रीको जवाफ
संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजकमा धवलशमशेर राणा
संसद सचिवालय पुग्यो धवलशमशेर पक्राउ परेको सूचना
गणतन्त्र असफल भइसक्यो, सनातन हिन्दु राज्य घोषणा गरौँ : राणा
चैत १ गतेदेखि बृहत् राष्ट्रवादी आन्दोलन गर्छौँ: धवलशमशेर राणा