राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०७ बैशाख २०८२, १४ : ५६
राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल पक्राउ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई प्रहरीले पक्राउ गरेको छ । डीएसपी हरि खतिवडा नेतृत्वको टोलीले सिंहदरबार परिसरबाट उनलाई पक्राउ गरेको हो ।

कटुवाल प्रदेश–१–०२७ च ९८६२ नम्बरको गाडीमा सवार थिए । सो गाडी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको भएको पाइएको छ । डीएसपी खतिवडाले घेराबन्दी गरेर उनलाई पक्राउ गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस