ढाका । गएको वर्ष बङ्गलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि भारत निर्वासित भएकी शेख हसिनालाई देशमा ल्याउन बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख प्रोफेसर मोहम्मद युनुसले तयारी थालेका छन् ।
बङ्गलादेश प्रहरीको राष्ट्रिय अपराध ब्युरो (एनसीबी)ले इन्टरपोललाई एउटा निवेदन दिएको छ । यसमा हसिनासहित १२ जना विरुद्ध रेड कर्नर नोटिस जारी गर्न माग गरिएको छ । ७७ वर्षकी हसिना गत वर्ष अगस्ट ५ देखि शरण लिएर भारतमा बस्दै आएकी छिन् ।
१६ वर्षदेखिको उनको सत्तालाई सरकारी जागिरमा आरक्षण विरुद्ध विद्यार्थीहरूले गरेको आन्दोलनले ढलाएसँगै भारत भागेकी थिइन् । बङ्गलादेशको अखबार द डेली स्टारका अनुसार एनसीबीले अदालत, सरकारी वकिल र अनुसन्धान एजेन्सीहरूको पुनरावेदनको आधारमा यो अनुरोध गरेको हो ।
प्रहरी प्रधान कार्यालयका सहायक महानिरीक्षक (मिडिया) इनामुल हक सागरले यसको पुष्टि गर्दै अनुसन्धान वा चलिरहेका मुद्दाका क्रममा देखिएका आरोपका आधारमा यी निवेदनहरू दायर गरिएको बताए ।
रेड नोटिसले इन्टरपोललाई फरार व्यक्तिहरू पत्ता लगाउन र सुपुर्दगी वा अन्य कानुनी कारबाहीको लागि अस्थायी रूपमा पक्राउ गर्न मद्दत गर्छ । इन्टरपोलले विदेशमा रहेका फरार व्यक्तिहरू पत्ता लगाउन मद्दत गर्छ र उनीहरूको जानकारी सम्बन्धित अधिकारीहरूसँग साझा गर्छ ।
युनुस अन्तरिम सरकारको प्रमुख सल्लाहकार बनेको केही हप्तापछि, बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले मानवताविरुद्धको अपराध र नरसंहारको आरोपमा हसिना र धेरै पूर्व क्याबिनेट मन्त्रीहरू, सल्लाहकारहरू, सैन्य र नागरिक अधिकारीहरू विरुद्ध पक्राउ वारेन्ट जारी गर्यो । गत वर्ष नोभेम्बरमा आईसीटी प्रमुख अभियोजकको कार्यालयले शेख हसिना र अन्य फरार व्यक्तिहरूलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिन प्रहरी मुख्यालयलाई आग्रह गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ बैशाख २०८२, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना दोषी ठहर, मृत्युदण्डको सजाय
शेख हसिना विरुद्धको फैसलाअघि बंगलादेशमा कडा सुरक्षा
शेख हसिनाविरुद्ध मृत्युदण्ड माग गरिएको मुद्दाको फैसला आज
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ६ महिना जेल सजाय हुने फैसला
शेख हसिनाको ‘अवैध सम्पत्ति’ बारे अनुसन्धान सुरु
शेख हसिनालाई सामाजिक सञ्जाल प्रयोग गर्न नदिन भारतसँग बंगलादेशको अनुरोध