काठमाडौँ। गत चैतदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै आएका शिक्षकहरूको आजको प्रदर्शन सकिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज दिउँसो प्रदर्शन लागेपछि शिक्षकहरूले बिहान ९ बजेदेखि प्रदर्शन गरेका थिए भने छोटो समय मात्रै प्रदर्शन गरेर आजका विरोधका कार्यक्रम सकेका हुन् ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले आजको विरोध प्रदर्शनको कार्यक्रम सकिएको बताए । विगत १९ दिनदेखि शिक्षक तथा विद्यालय कर्मचारीहरू यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गर्दै आएका छन् ।
हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका थिए । तर, आज राप्रपाले सोही क्षेत्रमा प्रदर्शन गर्ने भएपछि आन्दोलन बिहान ९ बजेदेखि १२ बजेसम्मका लागि तय गरिएको थियो । उनीहरूको आन्दोलनका कारण घुसपैठ हुन सक्ने भन्दै ११ नबज्दै आन्दोलनका कार्यक्रम सकेका हुन् । राप्रपाले दिउँसो १ बजेदेखि विजुलीबजार पुलमा प्रदर्शन गर्न लागेका छन् ।
आन्दोलनमा घुसपैठ हुनसक्ने भन्दै शिक्षकहरूलाई आफ्नो युनिफर्म र आईडी कार्ड अनिवार्य लगाएर आउन भनिएको थियो । भोलिबाट बिहान ११ बजेदेखि ३ बजेसम्म नै प्रदर्शन गरिने अध्यक्ष भण्डारीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ बैशाख २०८२, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माविमा एकै शिक्षकले दुई विषय पढाउनुपर्ने व्यवस्था गरिँदै
सरकार इमानदार देखिएन, आन्दोलनलाई निम्ता दिन खोजियो : शिक्षक महासङ्घ
राहत शिक्षकहरूले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन
विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ
नेपाल शिक्षक महासंघका अध्यक्ष सुवेदीले सरकारसँग ९ बुँदे सहमतिपछि के भने ?
शिक्षा मन्त्रालय र शिक्षकबीच सहमति