काठमाडौं । गृह मन्त्रालयले शुक्रबार नै हिरासत बाहिर राखी मुद्दाको पुर्पक्ष गर्न दिने भनिएका राप्रपा महामन्त्री धवलशमशेर राणा आज पनि छुट्ने सुरसार छैन । चैत १५ को राजावादी प्रदर्शनलाई उत्तेजक बनाउन भूमिका खेलेको आरोपमा उनलाई राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको छ ।
जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएका उनको स्वास्थ्योपचारका निम्ति हिरासतबाहिरै रहेर मुद्दा लड्ने सुविधा दिने तयारी भएको गृह मन्त्रालय स्रोतले जनाएको थियो । तर, आज आइतबार पनि उनलाई छोड्नेबारे केही तयारी छैन ।
जिल्ला प्रहरीका प्रवक्ता एसपी अपीलराज बोहराले त्यसबारे केही खबर नभएको बताए । म्याद थपेर मुद्दा चलाइएका व्यक्ति आदेशको भरमा छुट्न नसक्ने, तर छाड्नुपर्ने अवस्थाका कानुनी प्रक्रियामा लैजान सकिने उनले बताए । यद्यपि, उनका हकमा कहीँ, कतैबाट कुनै सोधखोज नभएको प्रहरीको भनाइ छ ।
आइतबार राप्रपाको प्रदर्शन र निषेधित क्षेत्र तोड्ने चेतावनीका कारण काठमाडौंभरका प्रहरी युनिट स्ट्याण्डबाई ड्युटीमा छन् ।
त्यसैले मुद्दा चलाउने र बुझाउने नियमित कामबाहेक अन्य काम गर्ने प्रहरी जनशक्तिको अभाव छ । त्यसमाथि जिल्ला सरकारी वकिलको कार्यालयले यतिबेलासम्म कुनै पनि थुनुवालाई हाजिर जमानीमा छाड्ने विषयमा प्रहरीलाई ताकेता गरेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ बैशाख २०८२, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा महामन्त्री राणा डिस्चार्ज