काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले आज गर्ने प्रदर्शनबाट नडराउन सरकारलाई आग्रह गरेका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष लिङ्देनले आजको प्रदर्शन सरकारी निरङ्कुशतन्त्रको विरुद्ध प्रतिकात्मक र शान्तिपूर्ण हुने स्पष्ट पारेका छन् ।
प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ठान्नेहरूले सीमा तोकेर नागरिकलाई सीमित राख्न खोज्नु उचित नभएको तर्क गरेका छन् ।
उनले भनेका छन्– ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ।’
उनले वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्षी पार्टी रहेको दाबी गर्दै आफूहरू जे गर्ने हो भनेरै गर्ने भएकाले सरकारलाई नडराउन भनेका छन् ।
राप्रपाले आज काठमाडौंका निषेधित क्षेत्रमा प्रदर्शन गर्ने उद्घोष गरेपछि गृहमन्त्रालयले संविधान र कानुनको ठाडो उल्लङ्घन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जोसुकैलाई पनि कानूनबमोजिम कारबाही हुने चेतावनी दिएको छ ।
राप्रपाले आज काठमाडौंका विभिन्न तीन ठाउँबाट र्याली निकाली मध्याह्न १२ बजे बिजुलीबजारमा जम्मा भएर प्रदर्शन गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ बैशाख २०८२, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङ्देनको दाबी-‘काँग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन्, मन्त्रीहरूको कमाउन प्रतिस्पर्धा छ’
राजेन्द्र लिङ्देनको प्रश्न : कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग ?
राजेन्द्र लिङ्देनद्वारा पार्टीका विभाग प्रमुखहरूसँग छलफल
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : राजेन्द्र लिङ्देन
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल
राजावादीहरूसँग सरकार डरायो : राजेन्द्र लिङ्देन