सुर्खेत । वीरेन्द्रनगरमा फोर्स गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जुम्लाको हिमा गाउँपालिकाका अन्दाजी ५५ वर्षीय कालीबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले रातोपाटीलाई बताए।
रत्न राजमार्ग अन्तरगत फोरलेन सडकस्थित रेडियो नेपाल नजिकै कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको गाडीले बुढालाई ठक्कर दिएको थियो ।
घाइते भएका बुढोको उपचारका क्रममा मृत्यु भएको विश्वकर्माले बताए। अहिले गाडी र गाडी चालकलाई नियन्त्रणमा लिइएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ बैशाख २०८२, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु