एजेन्सी । इरान र अमेरिका आणविक सम्झौताबारे अर्को चरण वार्ता गर्न सहमत भएका छन्।
बीबीसीका अनुसार यो जानकारी ओमानको विदेश मन्त्रालयका प्रवक्ताले दिएका हुन्।
शनिबार रोममा ओमानका विदेशमन्त्री हम्माद अल-बुसैदीको मध्यस्थतामा अमेरिका र इरानी प्रतिनिधिमण्डलबीच दोस्रो चरणको वार्ता सम्पन्न भयो।
ओमानी विदेश मन्त्रालयका प्रवक्ताका अनुसार इरानका विदेशमन्त्री अब्बास अराघची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ वार्तालाई अर्को चरणमा लैजान सहमत भएका छन्।
यसैबीच इरानका विदेशमन्त्री अब्बास अराघचीले दोस्रो चरणको वार्ता ‘रचनात्मक र प्रगतिशील’ भएको बताएका छन्।
यसअघि चैत ३० गते शनिबार आणविक मुद्दामा अमेरिका र इरानबीच पहिलो चरण अप्रत्यक्ष वार्ता भएको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०७ बैशाख २०८२, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानका सर्वोच्च नेताका छोराको अर्बौँ डलरको शंकास्पद सम्पत्तिबारे खुलासा: लण्डनदेखि दुबईसम्म आलिसान महल
इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह
सन् २०२५ मा कम्तीमा एक हजार ५०० इरानीलाई मृत्युदण्ड
६ वर्षपछि इरानविरुद्ध खेल्दै नेपाल
इरानमा आठ महिनामा ८४१ जनालाई मृत्युदण्ड : संयुक्त राष्ट्रसंघ
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता