एजेन्सी । इरान र अमेरिका आणविक सम्झौताबारे अर्को चरण वार्ता गर्न सहमत भएका छन्।
बीबीसीका अनुसार यो जानकारी ओमानको विदेश मन्त्रालयका प्रवक्ताले दिएका हुन्।
शनिबार रोममा ओमानका विदेशमन्त्री हम्माद अल-बुसैदीको मध्यस्थतामा अमेरिका र इरानी प्रतिनिधिमण्डलबीच दोस्रो चरणको वार्ता सम्पन्न भयो।
ओमानी विदेश मन्त्रालयका प्रवक्ताका अनुसार इरानका विदेशमन्त्री अब्बास अराघची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ वार्तालाई अर्को चरणमा लैजान सहमत भएका छन्।
यसैबीच इरानका विदेशमन्त्री अब्बास अराघचीले दोस्रो चरणको वार्ता ‘रचनात्मक र प्रगतिशील’ भएको बताएका छन्।
यसअघि चैत ३० गते शनिबार आणविक मुद्दामा अमेरिका र इरानबीच पहिलो चरण अप्रत्यक्ष वार्ता भएको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०७ बैशाख २०८२, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
इरानसँग बेल्जियमको गोलरहित बराबरी
न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुंगियो
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी