काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार शिक्षकहरूको माग सम्बोधन गर्न उदासीन भएको आरोप लगाएका छन्। १८औँ दिनदेखि सडक सङ्घर्षमा शिक्षक उत्रिँदा पनि विगतमा तीन पटक राज्यद्वारा गरिएको लिखित सम्झौताप्रति राज्य उदासीन हुनु गम्भीर बेइमानी मात्र नभई खेदपूर्ण भएको बताए।
उनले भनेका छन्, ‘राज्य आफैँले तीन तीन पटक सम्झौता गर्दा यदि व्यावहारिक र सम्भावना थिएन भने किन हस्ताक्षर ग¥यो ? अहिले किन कार्यान्वयन गर्न सक्तैन ? सामुदायिक विद्यालयका ५० लाख भन्दा बढी विद्यार्थी र तीनका अभिभावकसँग प्रत्यक्ष जोडिएको विषयमा राष्ट्र नै चिन्तित बनेको छ। यस्तो जटिल विषयमा राज्य सञ्चालनमा देखिएको तदर्थ बाद र अलमल्याउने नीतिको पराकाष्ठा खेदजनक छ। परिस्थिति झनै जटिलता तिर उन्मुख हुँदैछ।’
हिजो आन्दोलनकारी शिक्षक र प्रधानमन्त्रीको वार्ता असफल भएको उल्लेख गर्दै सरकार आन्दोलनकारी शिक्षकको दूरी झन् बढ्दै गएको बताए। उनले थपेका छन्, ‘११ वैशाखदेखि सुरु हुने कक्षा १२ का साढे पाँच लाख विद्यार्थीको परीक्षा अन्योल र अनिश्चित हुँदै छ । शिक्षा ऐन अविलम्ब जारी गर्न माग गर्दै महासङ्घले गत चैत २० गतेदेखि सडक आन्दोलन सुरु गरेको छ । राज्यका जिम्मेवार ओहदाधारीले शिक्षकहरू लाई आदेश,उपदेश वा सडकको धूलो नखाऊ भनेर होइन उनीहरूसँगको तीन तीन पटक सम्म राज्य ले गरेको सम्झौता र प्रतिबद्धता पालन गर्नु राज्य को दायित्व हो।’
लाखौँ लाख सामुदायिक विद्यार्थीहरूको भविष्यसँगै अभिभावकमा परिरहेको चिन्तासँग खेलबाड गर्नु सरकारको अपराध भएको टिप्पणी गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ बैशाख २०८२, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अख्तियारसम्बन्धी विधेयक छिटो ल्याउन अर्जुननरसिंह केसीको माग
राष्ट्रिय यथार्थलाई मध्यनजर गरी बजेट तर्जुमा गर्नुपर्छ: अर्जुननरसिंह केसी
संसद छलेर अध्यादेश ल्याउनु गलत : अर्जुननरसिंह केसी
नयाँ स्टक एक्सचेञ्जबारे बार्गेनिङ भइरहेको छ भन्ने सुनिन्छ : सांसद केसी
अख्तियार सत्ता, शक्ति र भ्रष्टाचारको पर्यायवाची भयो : अर्जुननरसिंह केसी
गृहमन्त्रीले प्रहरीको चेन अफ कमाण्डलाई ब्रेक गर्ने गम्भीर गल्ती गरे : सांसद केसी