काठमाडौँ । अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै नेपाल छिरेर हाल झापामा थुनामा रहेका चार भुटानीलाई तत्काल देश निकाला नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले थुनामा रहेका अशोक गुरुङ, सन्तोष दर्जी, रोशन तामाङ र आशिष् सुवेदीलाई वैशाख ११ गते सर्वोच्चको इजलासमा पेस गर्न आदेश गरेको हो ।
थुनामा रहेका भुटानी शरणार्थीलाई थुनामुक्त गर्न माग गर्दै नारायणकुमार सुवेदीले बन्दी प्रत्यक्षीकरणकाे रिट दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०४ बैशाख २०८२, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चले प्रहरीमा जाहेरी दिने
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी