काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मध्यपश्चिम नेपालमा चट्याङ सहित पानी परिरहेको जनाएको छ । दाङ, रोल्पा, पूर्वी रुकुम, पश्चिम रुकुम, सल्यान र जाजरकोटमा चट्याङ सहित पानी परिरहेको महाशाखाले जनाएको हो ।
सो वर्षा केही समयपछि पूर्वतिर ( लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई क्षेत्र) सर्दै जाने महाशाखाले उल्लेख गरेको छ । सो अनुसार सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।
महाशाखाले अबको दुई दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । यो अवधिमा मुसुरो, गहुँ लगायतका बाली अहिले नकाट्नु किसानलाई सुझाइएको छ ।
मौसमविद् हरि प्रसाद दाहालले अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको बताएका हुन । मुसुरो, गहुँ लगायत हिउँदे बाली अहिले नकाट्न अनुरोध गरेका हुन् ।
पछिल्लो हप्ता परेको पानीबाट प्रभावित गहुँ, मुसुरो खेतबाट पानी निकासको व्यवस्था गर्ने, काट्न बाँकी रहेको भए एक–दुई दिन सुक्न दिने, काटिसकेको भए अग्लो/उकास ठाउँ अथवा सेडभित्र सुकाउने, काट्नुपर्ने भए मौसमको अवस्था हेरी खेतमा नछोड्ने गरी भित्र्याउन सुझाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०८२, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्षा र बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध
यी जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
वर्षाले नौ राजमार्ग अवरुद्ध
भारतमा भीषण वर्षा, दिल्लीसहित धेरै ठाउँ जलमग्न
बितेको २४ घण्टामा यी स्थानमा भयो भारी वर्षा
मधेसमा वर्षा, किसानलाई राहत