काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर प्रकृतिका विभिन्न ६ वटा रोगको निःशुल्क उपचार सुरु गरिएको जनाएको छ।
१४ वर्ष मुनिका क्यान्सरपीडित बालबालिकाको निःशुल्क उपचार गरिने भएको छ। यसैगरी रगत नजम्ने दुर्लभ किसिमको वंशाणुगत रोग हिमोफिलियाको महँगो औषधि निःशुल्क हुने भएको छ।
पक्षघातको उपचारको लागि दुर्लभ र महँगो औषधि नि:शुल्क गरिएको छ। जलनका बिरामीको उपचार नि:शुल्क गर्ने नीति कार्यान्वयनमा आएको छ। कमजोर आर्थिक स्थिति रहेका नागरिकका लागि सातवटै प्रदेशमा जलनको विशिष्टिकृत उपचार निःशुल्क गर्ने नीति लागु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसका निम्ति वार्षिक करिब साढे ४ अर्ब लाग्ने अनुमान मन्त्रालयको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०८२, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
पुष महिनासम्मको लक्ष्य प्रगतिका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दोश्रो स्थानमा
नवीकरण नगरी चलाए कारबाही गर्ने भन्दै निजी अस्पताललाई मन्त्रालयको परिपत्र
वैद्यखानाका निर्देशकलाई स्वास्थ्य मन्त्रालयले सोध्यो स्पष्टीकरण
मंकीपक्सबाट बच्न सावधानी अपनाउ : स्वास्थ्य मन्त्रालय
कार्यालय समयमा चिकित्सक नभेटिए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी