रुकुम पश्चिम । रुकुम पश्चिमको २१ हजार ८५५ घरमा केन्द्रीय विद्युत् प्रसारण लाइन जोडिएको छ । छ वटा स्थानीय तहमध्ये अझै १८ हजार घरमा केन्द्रीय विद्युत् प्रसारण पुग्न बाँकी रहेको रुकुम पश्चिम विद्युत् वितरण केन्द्र प्रमुख वीरमान रासकोटीले जानकारी दिए ।
प्राधिकरणले केही महिनाअघि जिल्लाका ७३ वडाको लगत सङ्कलन गरेको थियो । चालू आर्थिक वर्षसम्म जिल्लाभरबाट दुई हजार ५०० घर थपिने प्राधिकरणको अनुमान छ । हालसम्म सानीभेरी गाउँपालिका–५ र ७ तथा आठबीसकोट नगरपालिका– ३ मा केन्द्रीय विद्युत् प्रसारण लाइन पुग्न सकेको छैन ।
केन्द्रीय प्रसारण लाइन नपगुेका ती घरहरूमा स्थानीय स्तरमा उत्पादित जलविद्युत् आयोजनाको विद्युत् प्रयोग गरिरहेका छन् । जिल्लाका सबै नागरिकलाई दुई वर्षभित्र केन्द्रीय विद्युत् प्रसारणको पहुँचमा ल्याउने लक्ष्य रहेको वितरण केन्द्र प्रमुख रासकोटीले बताए ।
जिल्लामा सञ्चालन भइरहेको पुनः विद्युतीकरण परियोजना तथा भम्पू चौर सवस्टेशनको काम सम्पन्न भएपछि जिल्लामा केन्द्रीय प्रसारण लाइनमा नसमेटिएका घरपरिवारलाई समेटिने उनले जानकारी दिए ।
जिल्लाभर केन्द्रीय प्रसारण लाइन विस्तार गर्न करिब रु १६ करोड बजेट आवश्यक पर्ने वितरण केन्द्र रुकुम पश्चिमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ बैशाख २०८२, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युत् महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर
विद्युत् प्राधिकरणको नाफा १ अर्ब ४६ करोडले घट्यो
विद्युत् निर्यात दोब्बर बनाइने
म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार
बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो
लमजुङमा १७ विद्युत् आयोजनाबाट बिजुली उत्पादन