सुनसरी । सुनसरीको देवानगन्जमा सोमबार साँझ गोली लागेर १ जना गम्भीर घाइते भएका छन्।
गोली लागेर देवानगन्ज गाउँपालिका-७ का २१ वर्षीय शिवकुमार मेहता घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
पिन्टु मेहताले चलाएको मोटरसाइकलको पछाडि बसेका शिवकुमारलाई देवानगन्ज-७ का कामेश्वर यादवले गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए।
गोली प्रहार गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मोटरसाइकल देवानगन्ज बजार पुग्नसाथ साँझ गोली प्रहार भएको प्रहरीको भनाइ छ।
शिवकुमारको अवस्था गम्भीर रहेकाले उनलाई उपचारका लागि विराटनगर ल्याइएको डीएसपी खतिवडाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ बैशाख २०८२, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीकाण्ड, २ जनाको मृत्यु
दाङको लमहीमा गोली चल्यो, एकजना घाइते
मापकपदार्थ सेवन गरेका बुवाले चलाए गोली, छोराको मृत्यु
सुकुम्वासी बस्तीमा ७ राउन्ड गोली फेला
जनकपुरमा प्रहरी र व्यवसायीबीच झडप, प्रहरीले चलायो गोली, १० प्रहरीसहित ११ घाइते
अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु, १२ घाइते