कतिले प्रयोग गर्छन् ‘फाेरजी’ ?

पत्रपत्रिकाबाट

सोमबार, २६ कार्तिक २०७५, ०८ : ४६
कतिले प्रयोग गर्छन् ‘फाेरजी’ ?

काठमाडौं । मोबाइलमा चौथो पुस्ताको इन्टरनेटको रुपमा परिचित ‘फोरजी’ सेवा शुरु भएको डेढ वर्ष पार हुँदा यसका १९ लाख प्रयोगकर्ता पुगेका छन् । विश्वव्यापी रुपमा हाल अत्याधिक प्रचलन रहेको फोरजी प्रयोग गर्नेको संख्या १९ लाख २८ हजार ८५१ पुगेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । 

यो संख्या गत भदौसम्मको हो । हाल नेपालमा नेपाल टेलिकम, एनसेल र स्मार्टसेलले मोबाइलमा फोरजी सेवा उपलब्ध गराउँदै आएका छन् ।, गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस