उदयपुर । उदयपुर प्रहरीले गएराति १८० किलो अवैध गाँजा बरामद गरेको छ ।
बेलका नगरपालिका वडा नम्बर ८ सप्तकोशी किनारबाट बेवारिसे अवस्थामा गाँजा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले ६ वटा बोराभित्र प्लाष्टिकमा बेरेर लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा बरामद गरेको हो ।
उक्त गाँजा हाल इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको र संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ बैशाख २०८२, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिसोका कारण गाजा क्षेत्रमा मानवीय संकट बढ्दो
सर्लाहीमा गाँजाखेती फडानी अभियान सञ्चालन
तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी
७५० केजी गाँजासहित दुई जना पक्राउ
गाँजासहित एक भारतीय युवक पक्राउ
‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद