काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझावअनुरूप बजेट निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।
अर्थ मन्त्रालय, राजस्व परामर्श समितिले शनिबार रुपन्देहीमा आयोजना गरेको बजेट तथा राजस्व नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा आयोगका सदस्यसमेत रहेका अध्यक्ष ढकालले आयोगको सुझावअनुरूप बजेट निर्माण गर्दा अर्थतन्त्रका धेरै विषय सम्बोधन हुने बताए ।
उनले बजेट जनता केन्द्रित विकास, वर्तमान आवश्यकता र प्राथमिकताका आधारमा उत्पादन र रोजगारी वृद्धि गर्ने गरी ल्याउनुपर्नेमा जोड दिँदै सरकारले राजस्व संकलनलाई मात्र प्राथमिकता राख्दा रोजगारी सिर्जना र उत्पादन वृद्धि तथा आयात प्रतिस्थापनको विषय ओझेलमा परेको बताए ।
अध्यक्ष ढकालले विगत दुई वर्षदेखि विप्रेषणको आन्तरिक कारोबार शून्य बनाइएकाले साना व्यवसायी तथा विद्यालय, कलेज, अस्पताललगायत संगठित संघसंस्थामा आवश्यक पर्ने सानो रकम प्रयोगमा सर्वसाधारणले समस्या भोग्नु परेकाले यसलाई पुनः सुचालु गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० चैत्र २०८१, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पर्यटन प्रवर्द्धनमा लैंगीक संवेदनशील र लचिलोपन आवश्यक’ : चन्द्रप्रसाद ढकाल
सरकारले निजीक्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैनः चन्द्रप्रसाद ढकाल
‘जेन जेड आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कारबाही होस्’: चन्द्रप्रसाद ढकाल
ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह
नेपालीलाई विदेशमा लगानी गर्न दिने निर्णय ऐतिहासिक : अध्यक्ष ढकाल
पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउनुपर्छ : अध्यक्ष ढकाल