काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको संविधान सबैलाई मिलाउन सक्ने खालको भएको बताएका छन् । समावेशी र समानुपातिक आधारमा देश अघि बढिरहेको बताउँदै उनले संविधानले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए ।
आइतबार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले कुनै पनि दलको बहुमत आउन गाह्रो भएको भए पनि सबैलाई मिलाएर अघि बढ्ने संविधान भएको बताए ।
‘हाम्रो देश समावेशी र समानुपातिकताको आधारमा अघि बढिरहेको छ । यसमा मुस्लिम समुदायको पनि प्रतिनिधित्व छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले भने, ‘नेपालको संविधान अत्यन्तै राम्रो छ । कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ । तर, पनि सबैलाई मिलाउन सक्ने संविधान छ ।’
उनले मुस्लिम समुदायबाट पनि धेरै नेताहरूको प्रतिनिधित्व आफ्नो पार्टीमा रहेको भन्दै उक्त विषय खुसीको कुरा रहेको बताए । ‘अहिलेको संविधानले अत्यन्तै ठूलो महत्त्वपूर्ण भूमिका खेलेको छ । हाम्रो पार्टीले पनि हाम्रो पार्टीभित्र सबैलाई समावेशी समानुपातिक किसिमको विधान छ । मुस्लिम समुदायबाट पनि ठूला ठूला नेताहरू हुनुहुन्छ,’ देउवाले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० चैत्र २०८१, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार
देउवाले आफू निकट शीर्ष नेताको बैठक बोलाए
पार्टी विभाजन नहोस् भन्ने चाहेको छु: देउवा
विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ’ : देउवा