तीन राप्रपाको एकता : चुनाव चिह्न र राजसंस्थाको विवाद

पत्रपत्रिकाबाट

सोमबार, २६ कार्तिक २०७५, ०७ : ५६
तीन राप्रपाको एकता : चुनाव चिह्न र राजसंस्थाको विवाद

काठमाडौं । तीन हाँगामा विभाजित राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता राजसंस्था र चुनाव चिह्नको विवादले भाँडिएको छ । 

कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच सोमबार एकता घोषणा गर्ने कार्यक्रम थियो । 

तर, थापा र राणाबीच राजसंस्था र चुनाव चिह्रनका विषयमा विवाद भएपछि आईतबार दिउँसो एकत प्रक्रिया भाँडिएको नेताहरुले बताएका छन् । 

सोमबार दिउँसो १ बजे एकता घोषणाका लागि लिइएको राष्ट्रिय सभागृहको सभाहल बुकिङ पनि एकता भाँडिएसँगै रद्ध गरिएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस