पानीबिनाको दमकल आगो निभाउन पुगेपछि...

पत्रपत्रिकाबाट

सोमबार, २६ कार्तिक २०७५, ०७ : ०६
पानीबिनाको दमकल आगो निभाउन पुगेपछि...

बैतडी  । बैतडीमा पानीबिनाको दमकल राखिने गरिएको पाइएको छ ।  पाटन नगरपालिका ४ बस्ती जोलबाँजमा आईतबार बिहान आगलागी हुँदा पानीबिनाको दमकल आगो निभाउन पुगेको छ । 

स्थानीय शेरसिंह महारको खरको थुप्रो र परालमा आगलागी हुँदा करिब ७० हजारबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ । 

आईतबार बिहान साढे ४ बजे घरपरिवारले थाहा पाएपछि प्रहरीलाई खबर गरेको र त्यसपछि घटनास्थलमा टोली खटिएको इलाका प्रहरी कार्यालय पाटन बैतडीका इन्चार्ज प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस