काठमाडौं। नेकपा एमालेका सांसद सूर्यबहादुर थापालाई बिहीबार मध्यरातमा धम्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।रुपन्देहीस्थित सैनामैना नगरपालिका–११ सालझण्डी बस्ने प्रदीप पन्तलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको हो ।
सांसद थापालाई पन्तले राति ११ बजेर ४६ मिनेटमा ‘लाइफ अन थ्रेट क्यान्सिल रुपन्देही’ उल्लेख गरेर म्यासेज पठाएका थिए । कन्सल्टेन्सीमा प्राविधिको काम गर्ने पन्तको पारिवारिक राजीतिक पृष्ठभूमि एमाले रहे पनि पन्तले डा. निकोलश भुसाल निकट रहेको हाम्रो नेपाल पार्टीमा आवद्ध थिए ।
उनी २०७९ मा रुपन्देही क्षेत्र नम्बर २(ख) अन्तर्गत लौरो चिन्हमा चुनाव उठेका थिए । त्यतिबेला उनले ६ हजार नौ सय ६२ मत ल्याएर तेस्रो स्थानमा परेका थिए ।
पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका कर्मचारीलाई समेत थापालाई जस्तै म्यासेज पठाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ चैत्र २०८१, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ