एजेन्सी । डोमिनिकन रिपब्लिकको एक नाइटक्लबमा भवनको छत खस्दा मृत्यु हुनेको संख्या दुई सय नाघेको छ ।
सांगीतिक कार्यक्रम भइरहेको समयमा मंगलबार बिहान भवनको छत खसेको थियो । सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको सीएनएनले जनाएको छ ।
डोमिनिकन रिपब्लिकको राजधानी सान्तो दोमिङगोमा रहेको जेटसेट नाइटक्लबको छत झरेपछि उक्त घटना भएको थियो । ज्यान गुमाउनेमा धेरै महिला रहेको बताइएको छ ।
घटना मंगलबार बिहान १२ः३४ बजे गायक रबी पेरेजको कार्यक्रमको बेला भएको थियो । कार्यक्रम सुरु भएको केही सेकेन्डमै उक्त भवनको छत झरेको थियो ।
घटनामा अमेरिकाको मेजर लिगका पूर्वबेसबल खेलाडी ओक्टाभियो डोटेलको पनि मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २८ चैत्र २०८१, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुटपिटबाट एकजनाको मृत्यु, एक घाइते
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु