एजेन्सी । डोमिनिकन रिपब्लिकको एक नाइटक्लबमा भवनको छत खस्दा मृत्यु हुनेको संख्या दुई सय नाघेको छ ।
सांगीतिक कार्यक्रम भइरहेको समयमा मंगलबार बिहान भवनको छत खसेको थियो । सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको सीएनएनले जनाएको छ ।
डोमिनिकन रिपब्लिकको राजधानी सान्तो दोमिङगोमा रहेको जेटसेट नाइटक्लबको छत झरेपछि उक्त घटना भएको थियो । ज्यान गुमाउनेमा धेरै महिला रहेको बताइएको छ ।
घटना मंगलबार बिहान १२ः३४ बजे गायक रबी पेरेजको कार्यक्रमको बेला भएको थियो । कार्यक्रम सुरु भएको केही सेकेन्डमै उक्त भवनको छत झरेको थियो ।
घटनामा अमेरिकाको मेजर लिगका पूर्वबेसबल खेलाडी ओक्टाभियो डोटेलको पनि मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २८ चैत्र २०८१, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा स्कुटर दुर्घटनामा परि दुई जनाको मृत्यु
सर्पको डसाइबाट बालकको मृत्यु
विद्युत् पोलमा काम गरिरहेका बेला करेन्ट लागेर युवकको मृत्यु
मानव सेवा आश्रममा आश्रितको मृत्यु
मनुष्मारा नदीमा डुबेर एक युवकको मृत्यु
असोज १७ पछिको विपदमा परेर ५३ जनाको मृत्यु