काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा पार्टी गम्भीर रहेको बताएका छन् । आज बुढानीलकण्ठस्थित निवासमा पार्टी निकट शिक्षक संघका प्रतिनिधिहरूसँगको भेटमा देउवाले सो धारणा राखेका हुन् ।
देउवाले शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल एमालेसँग आफूले निरन्तर छलफल गरिरहेको जिकिर समेत गरे ।भेटमा नेपाल शिक्षक संघका सुदूरपश्चिम सभापति डिल्लीराज पन्तले सभापति देउवासँगको छलफल उत्साहजनक रहेको बताए ।
सो भेटघाटमा नेपाली काँग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ चैत्र २०८१, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार