रौतहट । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–कम्युनिष्ट मिलेर बनेको यो सरकार असफल भएको दाबी गरेका छन ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशनलाई मंगलवार सम्बोधन गर्दै अध्यक्ष यादवले कांग्रेस–कम्युनिष्टको सरकार बनेपछि अघि सारेका सहमति नै कार्यान्वयन नभएको बताए ।
उनले राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण, सुशासन र संविधान संशोधन गर्ने भनिएको भए पनि पुरा नभएको जिकिर गरे । उनले अहिले नेपालको इतिहासमा सबैभन्दा धेरै भ्रष्टाचार, कुशासन र लुटतन्त्र भइरहेको बताए । संविधान संशोधन गर्ने नियत यो सरकारको नभएको उनको भनाइ छ । उनले भने, ‘आज मुलुकमा सुशासनको नाममा कुशासन चलिरहेको छ । देशमा सुशासनको नाम निशाना नै छैन । भ्रष्टाचार नियन्त्रणको कुरा छोड्यौ । आज भ्रष्टाचारतन्त्र, लुटतन्त्र, कमिसनतन्त्र देशको यो अवस्था नेपालको इतिहासमै मैले कहिल्यै देखेको थिइन् ।’
पूर्व उपप्रधानमन्त्री समेत रहेका जसपा नेपालका अध्यक्ष यादवले देशको अर्थतन्त्र धराशायी बनेको तथा कृषि, उद्योगको विकास र शिक्षा तथा स्वास्थ्यमा सुधार गर्न आवश्यक रहेको औँल्याए ।
जसपा नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशन रौतहटको मध्य गरुडामा सुरु भएको छ । अधिवेशनमा सहभागी हुन पार्टी अध्यक्ष उपेन्द्र यादव रौतहट आएका हुन । बुधवारसम्म चल्ने अधिवेशनले जसपा नेपाल रौतहटको नयाँ नेतृत्व चयन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ चैत्र २०८१, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?
गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणी: ‘यो राजनीतिक मामिला हो, अनुसन्धान गरे सहयोग गर्छु’
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता