काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा भएका कम्युनिस्ट एकता नटिके पनि एकताबाट पछि हट्न नहुने बताएका छन् । मंगलबार प्रगतिशील लेखकसंघको नयाँ नेतृत्वलाई शुभकामना दिँदै अध्यक्ष प्रचण्डले माओवादीले कम्युनिस्ट एकताका लागि पछिल्लो पार्टी बैठकबाटै एकमतले निर्णय गरेको पनि बताएका हुन् ।
‘पछिल्लो चरणमा दुई प्रभावशाली कम्युनिस्ट पाटीबिच एकता भयो पनि । सवैले त्यसलाई अनुमोदन पनि गरे । तर बचाउन सकेनौँ । झण्डै दुई तिहाइ नजिक पुग्दा पनि इतिहासमा नाम रहने काम गर्न सकेनौँ पार्टी एकता पनि बचाउन सकेनौँ’, प्रचण्डको भनाइ छ ।
उनले त्यसबाट शिक्षा लिएर फेरि पनि कम्युनिस्ट एकताका लागि प्रयास निरन्तर राख्नुपर्ने बताए । ‘हामी विभाजित पनि भयौ, एकअर्कामा तितो आलोचना छ । तर पनि एकताको झण्डा छाडेका छैनौ । छोड्नु हुँदैन भन्नेमा प्रस्ट छौ’, प्रचण्डले भने, ‘प्रलेसले वैचारिक, सांस्कृतिक ढंगले त्यो वातावरण बनाउने भूमिका सक्रिय रुपमा खेल्नुहोला । ’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ चैत्र २०८१, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दलाल र बिचौलियाहरू अब माओवादीमा रहन पाउँदैनन् : प्रचण्ड
समाजवादी व्यवस्थामा मात्र मजदुरका समस्या समाधान हुनेछन्: प्रचण्ड
रवि भेट्न पुगे प्रचण्ड
मैले खाँबो थेग्न छाडेँ भने देशको राजनीति गर्ल्यामगुर्लुम भइहाल्छ कि भन्ने लाग्छ’ : ‘प्रचण्ड’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्व लडाकुलाई गरे दुई लाख सहयोग
उपसभामुखलाई हटाउने कार्यको विरोध गर्छौं : प्रचण्ड