काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेस प्रदेश सभा बैठकलाई सम्बोधन गर्दैछन्।
मंगलबार बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने सभामुख रामचन्द्र मण्डलको सचिवालयले जनाएको छ।
मधेस प्रदेशसभा बैठकलाई सम्बोधन गर्न प्रधानमन्त्री मंगलबार बिहान साढे १० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत् जनकपुर जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
जनकपुरमा पुगेको बेला प्रधानमन्त्री ओलीले मधेसका मुख्यमन्त्री, प्रदेश सभामुख, एमाले संसदीय दलका नेताहरुसँग संक्षिप्त भेटघाट गर्ने कार्यक्रममेत छ।
प्रदेशसभा बैठकमा सम्बोधन र जनकपुरका महत्वपूर्ण भेटघाटपछि प्रधानमन्त्री हेलिकोप्टरमार्फत् सिरहा जाने छन्।
त्यहाँ उनले शहीद हेमनारायण यादवको शालिकमा माल्यार्पण गरेपछि सूर्यनारायण सत्यनारायण मौरवेत्ता यादव क्याम्पसको चौरमा हुने एमालेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रमसमेत छ।
आजै दिउँसो साढे ३ बजेपछि ओली सोही हेलिकोप्टरमार्फत् राजधानी फिर्ता हुने उनको सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ चैत्र २०८१, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता