काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेस प्रदेश सभा बैठकलाई सम्बोधन गर्दैछन्।
मंगलबार बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने सभामुख रामचन्द्र मण्डलको सचिवालयले जनाएको छ।
मधेस प्रदेशसभा बैठकलाई सम्बोधन गर्न प्रधानमन्त्री मंगलबार बिहान साढे १० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत् जनकपुर जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
जनकपुरमा पुगेको बेला प्रधानमन्त्री ओलीले मधेसका मुख्यमन्त्री, प्रदेश सभामुख, एमाले संसदीय दलका नेताहरुसँग संक्षिप्त भेटघाट गर्ने कार्यक्रममेत छ।
प्रदेशसभा बैठकमा सम्बोधन र जनकपुरका महत्वपूर्ण भेटघाटपछि प्रधानमन्त्री हेलिकोप्टरमार्फत् सिरहा जाने छन्।
त्यहाँ उनले शहीद हेमनारायण यादवको शालिकमा माल्यार्पण गरेपछि सूर्यनारायण सत्यनारायण मौरवेत्ता यादव क्याम्पसको चौरमा हुने एमालेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रमसमेत छ।
आजै दिउँसो साढे ३ बजेपछि ओली सोही हेलिकोप्टरमार्फत् राजधानी फिर्ता हुने उनको सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ चैत्र २०८१, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति