काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन थाइल्याण्डको बैंकक पुगेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ ।
शिखर सम्मेलन अन्तर्गत आज अपराह्न चार बजे दुई देशका प्रधानमन्त्रीबीच बैंककस्थित म्याण्डारिन ओरियन्टल होटलमा साइडलाइन वार्ता हुन लागेको हो । भारतीय प्रधानमन्त्री सोही होटलमा बसेका छन् ।
ओली–मोदी भेटवार्तामा नेपाली पक्षबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्रसचिव अमृत राई पनि सहभागी हुनेछन् ।
यसअघि प्रधानमन्त्री ओली र मोदीबीच संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्युयोर्क पुगेका बेला भेटवार्ता भएको थियो ।
पछिल्लो पटक गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीलाई भारतले अहिलेसम्म भ्रमणको निम्तो दिएको छैन । तर ओलीले भने राष्ट्र सङ्घको महासभामा पुग्दा मोदीलाई नेपाल भ्रमणको निम्तो गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ चैत्र २०८१, ०७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति