गाजा । गाजा पट्टीका बेकरीहरूमा पिठो तथा इन्धनको अभावका कारण उत्पादन रोकिएको छ । इजरायली नाकाबन्दीका कारण सङ्कटग्रस्त गाजाबासीहरूबीच अनिकालको सम्भावित प्रभावबारे थप चिन्ता बढेको छ ।
गाजाको बेकरी मालिक सङ्घका प्रमुख अब्देल नासेर अल अजरामीले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)द्वारा अनुदानप्राप्त बेकरी सोमबार र अन्य बेकरीमा मङ्गलबारदेखि उत्पादन बन्द भएपछि चरम भोकमरीको सम्भावना बढेको बताए ।
उनले डब्लुएफपीले पिठोलगायत भण्डारणका सामानको न्युनताको सुचना जारी गरेसँगै बेकरीहरू बन्द भएपछि सयौं हजार परिवारहरूको खानाको मुख्य स्रोत बन्द भएको जनाइएको छ ।
अल अजरामीले गाजाको स्थिति अत्यन्त खतरनाक भएको जनाउँदै आधारभूत सामग्रीहरू वितरण गर्न कुटानपिसान उद्योगहरू तुरुन्तै नखोलिए प्रकोप थप बढ्ने बताए । उनले अन्तर्राष्ट्रिय समुदाय र मानवीय संस्थालाई इजरायललाई क्रसिङहरू पुनः खोल्न र मानवीय सङ्कटको बढ्दो अवस्थालाई रोक्न खाद्य पदार्थ र इन्धनको बाटो अनुमति दिन दबाब दिन आग्रह गरेका छन् ।
हालसालै जारी संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले गाजा अनिकालको प्रारम्भिक चरणमा प्रवेश गरेको सङ्केत गरेको छ जहाँ २० लाखभन्दा बढी मानिसहरूले खाद्यान्नको स्रोत पूर्ण रूपमा गुमाएका छन् । यस क्षेत्रमा इजरायली आक्रमण बन्द नभएसम्म आगामी दिन विनाशकारी र खतरनाक हुन सक्ने विज्ञहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० चैत्र २०८१, १६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा अझै भोकमरी बढ्न सक्ने डब्लुएचओको चेतावनी
गाजामा युद्ध रोक्ने घोषणा गरेको इजरायलतको आक्रमण निरन्तर
गाजाका केही क्षेत्रमा सैन्य गतिविधिमा अस्थायी रोक लगाउने इजरायलको घोषणा
चितवन प्रहरीले समात्यो पौने सात क्वीन्टल गाँजा
गाजा : प्रत्येक पाँच जनामा एक बालबालिका कुपोषिण
गाजामा कुपोषणका कारण मृत्यु बढ्यो