काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजतन्त्र पुनर्स्थापनाको सम्भावना नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले कुनै हुल्लडबाजले मान्छे जम्मा गरेर आन्दोलन गर्नुलाई लोकप्रियता मान्न नसकिने बताएका छन् ।
‘जो सुकैले पनि मान्छे भेला पार्न सक्छ तर, त्यसको वास्तविक मूल्यांकन गर्दा मुद्दाहरू समसामयिक छन् कि छैनन्, अहिलेको आवश्यकतासँग मेल खान्छन् कि खाँदैनन् र परिवर्तनको पक्षमा छन् कि छैनन् भन्ने आधारमा विश्लेषण गर्नुपर्छ,’ उनले भने ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई उनले नेपालका ठूला व्यापारीमध्ये एक भएको उनले बताए । गिरिजाप्रसाद कोइरालाले ‘बेबी किङ’ भन्नुहुन्थ्यो नि भन्ने पत्रकारको प्रश्नमा नेपालले व्यङ्ग्य गर्दै प्रश्न गरे, ‘छोरालाई ल्याउने? नातिको दारी आएकै छैन, दारी आइसकेपछि थाहा होला ।'
नेपालले राजावादी आन्दोलनलाई ‘ग्रान्ड डिजाइन’भनेका छन् । उनले अहिलेका सबै घटनाक्रम त्यसैअन्तर्गत भएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ चैत्र २०८१, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी : अध्यक्ष नेपाल
संविधान संशोधन गर्छु भनेर सरकार बनाएका कांग्रेस र एमाले पन्छिन थाले : माधव नेपाल
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरण हुनुपर्छः अध्यक्ष नेपाल
गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौँः माधव नेपाल
जुनैबेला संसद विघटन गर्नसक्छु भन्ने सोचेर प्रधानमन्त्री ओली बसेका छन्ः माधव नेपाल
वंशको आधारमा लुट्नेहरूको हातमा देश बर्बाद हुन्छ : नेपाल