काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले पूर्वराजालाई राज्यले दिएको सम्मान भंग भएकाले सुविधा कटौती गर्नुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभा बैठकमा भट्टराईले पूर्वराष्ट्राध्यक्षका रूपमा राज्यले सेवा सम्मान दिएर राखेको अवस्थामा निर्मल निवासमा बसेर पूर्वराजाले सम्झौता भंग गरेको भन्दै सेवा सुविधा कटौती गर्नुपर्ने बताएका हुन् । भट्टराईले लफंगाहरूलाई जनकमान्डर बनाएर तीनकुनेमा ताण्डव नृत्य गर्न लगाएको टिप्पणी समेत गरे ।
उनले जनताले फ्याँकेको राजतन्त्र कसैको रहरले नआउने उल्लेख गर्दै पृथ्वीनारायण शाह राष्ट्रको नायक भएकाले सवैले मानेको भन्दै राजाहरुले देशको सीमा रक्षाका लागि के गरे भन्दै प्रश्न गरेका थिए ।
राजतन्त्रको छिनोफानो इतिहासले गरिसकेको भन्दै अब कुनै व्यवस्थाको खोजि गर्न आवश्यक नरहेको र गणतन्त्रको रक्षाका लागि सबै दलहरु एकढिक्का भएको उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ चैत्र २०८१, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन्: योगेश भट्टराई
मदन भण्डारीले फरक मत राख्नेलाई कहिल्यै दलाल भन्नुभएन: योगेश भट्टराई
योगेश भट्टराईको कटाक्ष : 'ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ'
योगेश भट्टराईले मागे ओलीको राजीनामा
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई