काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले पूर्वराजालाई राज्यले दिएको सम्मान भंग भएकाले सुविधा कटौती गर्नुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभा बैठकमा भट्टराईले पूर्वराष्ट्राध्यक्षका रूपमा राज्यले सेवा सम्मान दिएर राखेको अवस्थामा निर्मल निवासमा बसेर पूर्वराजाले सम्झौता भंग गरेको भन्दै सेवा सुविधा कटौती गर्नुपर्ने बताएका हुन् । भट्टराईले लफंगाहरूलाई जनकमान्डर बनाएर तीनकुनेमा ताण्डव नृत्य गर्न लगाएको टिप्पणी समेत गरे ।
उनले जनताले फ्याँकेको राजतन्त्र कसैको रहरले नआउने उल्लेख गर्दै पृथ्वीनारायण शाह राष्ट्रको नायक भएकाले सवैले मानेको भन्दै राजाहरुले देशको सीमा रक्षाका लागि के गरे भन्दै प्रश्न गरेका थिए ।
राजतन्त्रको छिनोफानो इतिहासले गरिसकेको भन्दै अब कुनै व्यवस्थाको खोजि गर्न आवश्यक नरहेको र गणतन्त्रको रक्षाका लागि सबै दलहरु एकढिक्का भएको उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ चैत्र २०८१, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म अन्तिम मतदाता ! : योगेश भट्टराई
हाम्रो उम्मेदवारी व्यक्तिगत हुन्छ, प्यानल बनाउँदैनौँ’ : योगेश भट्टराई
परिस्थितिले हामी सबैको विवेकको परीक्षा लिइरहेको छ : योगेश भट्टराई
गम्भीर भएर विचार गर्न पार्टी अध्यक्षलाई निवेदन गर्छु : योगेश भट्टराई
ओलीले गर्नुभएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ : योगेश भट्टराई
राजनीतिलाई रोक्न खोजे वितण्डा निम्तिन सक्छ : योगेश भट्टराई