काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले चैत्र मसान्तसम्म स्थानीय तहअन्तर्गत वडा, पालिका र जिल्ला समितिहरूको अधिवेशन अधिवेशन सम्पन्न गर्ने भएको छ ।
पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूको समन्वयमा स्थानीय तहको अधिवेशन कार्यलाई तीव्रता दिइएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका हुन् ।
पार्टीको परिपत्रअनुसार स्थानीय तहको अधिवेशनपश्चात् प्रदेश समिति र पहिचानमा आधारित राष्ट्रिय समितिको अधिवेशन गर्नुपर्ने छ । प्रदेश समिति र पहिचानमा आधारित राष्ट्रिय समितिको अधिवेशन वैशाख २५ गते भित्र र वैशाख मसान्तसम्म भ्रातृ सङ्गठनको अधिवेशन गर्ने पार्टीको निर्णय भएको प्रमुख पूर्ण बस्नेतले बताए ।
जसपा नेपालले ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को अवधिमा पार्टी प्रवेश कार्यक्रम, सदस्यता वितरण तथा नवीकरणलगायतका सङ्गठनात्मक गतिविधि बढेको पार्टीले जनाएको छ । पार्टीको अभियानलाई २०८२ वैशाख मसान्तसम्म जारी रहने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ चैत्र २०८१, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्न जसपा नेपालको माग
संविधान संशोधनको माग राख्दै जसपा नेपालले गर्यो आन्दोलनका कार्यक्रम घोषणा
जसपा नेपालले थप्यो ५ केन्द्रीय सदस्य
जसपा नेपालले थप्यो पाँच जना केन्द्रीय सदस्य
जसपा नेपालको केन्द्रीय समिति बैठक जारी