काठमाडौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गएको शुक्रबार आन्दोलनका नाममा राजावादी समूहले गरेका आपराधिक क्रियाकलाको भारी सुरक्षाकर्मीलाई बोकाउन खोजिएको भन्दै आक्रोस व्यक्त गरेका छन्।
बंगलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्वराजा ज्ञानेन्द्रको योजनाअनुसार ती आपराधिक क्रियाकलाप भएको पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्। तर, अहिले राजावादी समूहले शुक्रबार गरेको अपराधको दोष सुरक्षाकर्मीलाई बोकाउन खोजेको भन्दै पोखरेलले आक्रोस व्यक्त गरेका छन्।
‘बंगलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्वराजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न ‘जनकमाण्डर’ तोकिएका दुर्गा प्रसाईद्वारा परिचालित हुल्लडवाजहरुले गरेको अपाधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई वोकाएर पानीमुनीको ओभाने बन्न खोजिरहेका छन् राजावादीहरु,’ पोखरेलले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर खुला समाजमा सबै कुरा छर्लङ्ग नै छ।’
उनले राजावादी र पूर्व पञ्चहरुले यो सबै अपराधको भारी दुर्गा प्रसाई र उनका अनुचरलाई वोकाएर उम्कन खोजेको भए थोरै भए पनि विश्वास गर्थे होला नेपाली जनताले,’ पोखरेलले अगाडि लेखेका छन्, ‘घटना घटेको दिनसम्म राप्रपाको संस्थापन पक्षलाई लागेको त यस्तै थियो। तर निर्मल निवासको‘ थ्रेट’ का सामु उनीहरु निरही देखिए र भन्न थाले ‘प्रहरी दमनको प्रतिरोध गरेका हुन् आन्दोलनकारीले’ ।
आखाँले देखेको सत्यलाई निर्मल निवासको भयले थिच्दा पूर्व पञ्चहरुको नियती यस्तो देखिएको पोखरेलको भनाई छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ चैत्र २०८१, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल